२,२१२ संक्रमित थपिए, थप ३३ जनाको मृत्यु

16.7k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार २१२ संक्रमित थपिएका छन् ।

१२ हजार १०६ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३३ जनाको मृत्यु पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

सम्बन्धित समाचार