जिल्ला प्रहरी कार्यालयबाट अहिले चार जना घुमुवा परिचालित छन् । सिपाही दर्वाका यी घुमुवाहरूमा किशनमोहन सिंह, मनोज साह कानो, विनेश कुमार यादव र उमेश सहनी छन् । रौतहटकै बैरिया र बन्जरा नाकाबाट भैंसी र रक्सीको तस्करी चलिरहेको छ । तस्करीको लाइन पाउनेमा मजसल, अवास, अमरजित साह, शंकर साह र ओमप्रकाश साह छन् । त्यसैगरी नवल, जेठा अन्सारी, बहरी, बच्चालाल, राधेश्याम, जितेन्द्रले गौर नाकाबाट तस्करीको लाइन पाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका घुमुवाहरूले यी तस्करी गर्ने व्यापारीहरूबाट पाँच हजारदेखि पच्चीस हजार रूपैयाँसम्म लिने गरेको समेत खुलेको छ । एसपी शाहका यी घुमुवाहरूले स—साना व्यापारी र तस्करसँग कति रकम उठाउने गरेका छन् भन्ने फेहरिस्त हामीलाई प्राप्त भएको छ । जसमा अशोक कुमार महत्तो २२००, शम्भु चौधरी ६६००, बिनोद यादव २५००, सुरेन्द्र सिंह २२००, महानन्द कुर्मी १६५०, सुरेश गुप्ता १६५०, जगदीश यादव ३२५०, राजेन्द्र प्रसाद यादव १२००, बडा बाबु यादव ३५००, गेनालाल यादव ५००, दिपेन्द्र साह १६५०ञ, नवल यादव २२००, ललनदेव यादव ३३००, रमाशंकर यादव ३३५५, महेश साह २८६०, राजेन्द्र प्रसाद यादव ३३००, रामबिनेश ठाकुर २२००, नागेश्वर गिरी ४११५ , श्याम कुशवाह २५८५ , गजेन्द्र ठाकुर २५८५ , राजेन्द्र राय यादव १९२५, गजेन्द्र प्रसाद यादव १८७०, प्रदिप जैसवाल ११५०, किशोरी यादव ७१५, बिबेक तिवारी २५३०, हिरा थापा मगर १८६०, जमिर आलम २४००, धिरेन्द्र कुशबाह २८००, कुल बहादुर थापा ३१००, बिनय राय यादव २१५०, बिकास सिंह ५०००, योगेन्द्र प्रसाद यादव २२५०, सरोज साह ५००, बिनोद यादव २०००, सुवास प्रसाद केशरी ३७७५ र पप्पु झा २००० रहेका छन् ।