12.9k
Shares
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको आचार संहिता भोलिदेखि लागू हुने भएको छ।
निर्वाचन आयोगले शनिबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रमा मंसिर २ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिएको हो।
आचार संहिता संघीय सरकारदेखि स्थानीय सरकारसम्मलाई लागू हुनेछ।
आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति लगायतको काम गर्न पाइँदैन। त्यस्तै चुनावी प्रचार–प्रचासर गर्दा पनि प्रशासनको अनुमित लिएर गर्नुपर्छ।