१४ अंकले घटेको बजारमा झण्डै ८ अर्बको सेयर किनबेच

12.4k Shares

सेयरबजारमा आज झण्डै ८ अर्बको खरिदबिक्री भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ७ अर्ब ९१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको हो। 

उक्त कारोबारमा जानकी फाइनान्सको ३३ करोड ८६ लाख, पोखरा फाइनान्सको २५ करोड ८९ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख, समृद्धि फाइनान्सको २१ करोड १३ लाख र पिपुल्स हाइड्रोपावरको १८ करोड २२ लाखको योगदान मिलेको छ। 

कुल १ करोड ५३ लाख कित्ता सेयर किनबेचमा यो परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ। 

यद्यपि आज बजार परिसूचक नेप्से भने १४.१२ अंकले ओरालो लागेर २७३४.८३ विन्दुमा आइपुगेको छ। आजको कारोबारमा ९९ कम्पनीको सेयर बढे पनि १३८ वटाको घटेको र ७ वटाको अघिल्ल्लो मूल्यमै कारोबार भएको छ। 

सम्बन्धित समाचार