त्रिशूली किनारमा २५ वर्षीया युवतीको शव फेला, सनाखतको प्रयास हुँदै

12.7k Shares

गोरखामा एक युवतीको शव फेला परेको छ। 

सहिद लखन गाउँपालिका–४ स्थित त्रिशूली नदी किनारमा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार शवको सनाखत हुन सकेको छैन। शव पोस्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार