काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टोली कर्णाली याक्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।
नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काको समेत उपस्थितिमा टिमका मार्की प्लेयर सोमपाल कामी, मुख्य प्रशिक्षक तथा टिम डिरेक्टर ज्ञानेन्द मल्ल, फेस अफ दि कर्णाली याक्स स्वस्तिमा खड्काले संयुक्त रुपाा जर्सी सार्वजनिक गरेका थिए ।
जर्सीमा कर्णालीको प्रतिनिधित्व गर्ने हिमाल र संस्कृति समेटिएको छ भने याकको सांकेतिक तस्वीर पनि छ । निलो रङको जर्सीमा पहेँलो रङ मिलाएर जर्सी तयार पारिएको छ । कार्यक्रममा मार्की खेलाडी सोमपाललाई उनले लगाउने १० नम्बर जर्सी पनि प्रदान गरिएको थियो ।