काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन गराउन नसक्नु वर्तमान नेतृत्वको चरम असफलता भएको बताएका छन् ।
उनले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको पनि टिप्पणी गरेका छन् ।
“पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिती भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो,” सामाजिक सञ्जालमा उनी लेख्छन्, “आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्त्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?”
यो अवस्था देशकै लागि विडम्वना भएको भन्दै उनले सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुगेको बताएका छन् ।