फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो

13.3k Shares

मनिला । फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको संख्या ८१ पुगेका छन् । बाढी र पहिरोका कारण अन्य २० जना अझै बेपत्ता छन् ।

प्रहरीले मनिलाको दक्षिणी भागमा रहेको बाटांगस प्रान्तमा ४७ र मनिलाको दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा २८ जनाको मृत्यु भएको बताएको छ ।

फिलिपिन्स कोस्ट गार्डले शुक्रबार दिउँसो आफ्ना कर्मचारीहरूले नौ वर्षीय बालक र एक महिनाको शिशुलाई फेला पारेको बताएको छ ।

सम्बन्धित समाचार