सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीय आक्रोशित

17.6k Shares

काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । सरकारले पाकिस्तानी सेनाको मातहतमा रहेको ग्रीन पाकिस्तान टुरिजम नामक कम्पनीलाई ३७ वटा घर भाडामा दिने भएको हो ।

तीमध्ये २० वटा घर सञ्चार एवम् कार्य विभागको स्वामित्वमा रहेको र १७ वटा भवन तथा ४५० एकड जमिन वन विभागको स्वामित्वमा रहेको खामा प्रेसले जनाएको छ ।

सरकारले सञ्चार एवम् कार्य विभागका भवन मासिक ७ लाख पाकिस्तानी रुपैयाँमा भाडामा लगाएको छ भने वन विभागको घरजग्गा १ लाख ३५ हजार रुपैयाँमा भाडामा दिएको छ ।

सरकारी जग्गा सेनाको मातहतमा रहेको कम्पनीलाई भाडामा दिने प्रक्रियामा अपारदर्शीता भएको भन्दै गिल्गिट बाल्टिस्तानका पूर्वमुख्यमन्त्री हफिज उर रहमान रर पाकिस्तान पिपुल्स पार्टीका नृता अब्बास मोसबीले प्रश्न उठाएका छन् । त्यसबाहेक स्थानीय अगुवाहरुले पनि यस सम्झौताको पुनरावलोकन गर्न माग गरेका छन् 

पाकिस्तानी सेना यस्ता धेरै व्यवसायिक परियोजनामा संलग्न रहेको बताइन्छ । यसबाट स्वार्थको द्वन्द्व हुने र आर्थिक विकास एवम् मुलुकको लोकतान्त्रिक शासन पद्धतिमा नकारात्मक असर पर्दै आलोचकहरु बताउँछन् ।

सम्बन्धित समाचार