सत्तारुढ दलहरूको बैठक दिउँसो ३ बजे बस्दै

14.8k Shares

काठमाडौँ । आज सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ । 

विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 

सम्बन्धित समाचार