एलन मस्कको अभियान अवैध हुने अमेरिकी न्याय विभागको चेतावनी

13.2k Shares

न्युयोर्क – अमेरिकाको न्याय विभागले डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग गर्ने एलन मस्कको अभियान समूह प्याक अवैध हुने चेतावनी दिएको छ। अमेरिकाको १ मिलियन अमेरिकी डलर दिने अभियान सङ्घीय कानुन अनुसार अवैध हुनसक्ने चेतावनी त्यहाँको न्याय विभागले दिएको हो।

बिलिनियर मस्कले स्विङ राज्यमा याचिकामा हस्ताक्षर अभियान चलाएका हुन्। यसरी हस्ताक्षर गर्नेलाई प्रत्येक दिन १ मिलियन डलरका दरले प्रदान गरिने छ। केही कानुन विज्ञले मतदातालाई पैसाबाट प्रभाव पार्ने काम गैरकानुनी हुने चेतावनी यसअघि नै दिइसकेका थिए।

लोटरी शैलीको पहिलो जम्बो चेक १९ अक्टोबरका दिन पेनेसेल्भिनियामा आयोजित कार्यक्रममा प्रदान गरिएको थियो।

मस्कको यो अभियान जर्जिया, नेभाडा, एरिजोना, मिचिगन, विन्सीन्सकन र उत्तरी क्यारोलिनामा छ। पेनेसेल्भिनियामा यसरी हस्ताक्षर गर्नेलाई सय अमेरिकी डलर प्रदान गरिएको हो। अर्को एक जनालाई हस्ताक्षर गर्न प्रेरित गर्नेलाई ४७ अमेरिकी डलर प्रदान गरिएको छ।

सम्बन्धित समाचार