११ करोड बढीको सुनसहित हेटौँडाबाट २ जना पक्राउ

14k Shares

मकवानपुर । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ । सो परिमाणको सुन सहित २ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् ।

सम्बन्धित समाचार