चीनबाट सुृरु भएको कोभिड—१९ (कोरोना भाइरस)ले विश्वका धेरै राष्ट्रका नागरिकले ज्यान गुमाइसकेका छन् भने करोडौं नागरिक संक्रमित बनेका छन् ।
कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि कोरोना भाइरसबाट लाखौं संक्रमित बनिसकेका छन् भने झण्डै १० हजार जनाले ज्यानसमेत गुमाइसकेका छन् । यो क्रम नेपालमा अहिले पनि जारी नै रहेको छ ।
पहिलो चरणको कोरोना भाइरस भेरियन्टले नेपाललाई त्यति धेरै क्षति नपु¥याए पनि दोस्रो चरणको भेरियन्टले भने धेरै नै मानविय क्षति पु¥यायो । कतिपय कोरोना भाइरस संक्रमितले उपचारको लागि अस्पतालमा वेड र अक्सिजनको अभावले मृत्युवरणसमेत गर्नुपरेका थियो । उपचारमा खटिएका स्वास्थ्यकर्मी समेत कोरोना भाइरसको सिकार बनेर मृत्युवरण गर्नुपरेको अवस्था आयो ।

कोरोना भाइरस आफूलाई नसरोस् भनेर सबै मापदण्ड अप्नाउँदा पनि यो भाइरसले कहिँ न कहिँबाट सर्ने गरेको छ । दोस्रो भेरियन्टको रुपमा फैलिएको कोरोना भाइरसले सर्लाही घर भई हाल काठमाडौंको पेप्सीकोला बस्दै आएका विनोद भक्त खरेलको परिवार स्वास्थ्य मापदण्ड अप्नाउँदा अप्नाउँदै पनि संक्रमित बन्न पुगे । आफू कसरी कोरोना भाइरस संक्रमित भए भन्ने पनि पत्तो भएन । एक वर्षअगाडिदेखि अफिस नै नगई घरैबाट काम गर्दै आइरहेका थिएँ, कसरी कोरोना भाइरस स¥यो थाहै भएन ।
कोरोना भाइरसले संक्रमित बनेका ४९ वर्षीय खरेलको परिवारमध्ये विनोदभक्त खरेललाई कोरोना भाइरसले नराम्ररी गाल्यो । उपचारका क्रममा दुई महिना धापाखेलस्थित सुमेरु अस्पतालमा भर्नासमेत हुनुप¥यो । खरेललाई धेरै नै गाह्रो अवस्था भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको सुमेरु अस्पतालका प्रशासन प्रमुख दिनेश आचार्यले जानकारी गराएका छन् । खरेलको बाँच्ने अवस्था धेरै नै कम थियो, झण्डै—झण्डै ५ प्रतिशत पनि आश नभएको अवस्था थियो । त्यसै त भेन्टिलेटरमा राखेर उपचार गरेको विरामी बाँच्ने ५ प्रतिशत आश हुने चिकित्सकहरु बताउँछन् । यस्तो अवस्थामा पनि कोरोना भाइरसलाई जितेर बाँच्न सफल बनेका विनोदभक्त खरेललाई एउटा अपवादको रुपमा लिन सकिन्छ । मृत्युको मुखमा पुगिसकेका खरेलले आफू यो अवस्थासम्म आउनुमा अस्पतालका चिकित्सकदेखि लिएर नर्स र व्यवस्थापनको राम्रो साथसहयोग र परिवारले जस्तै व्यवहार गरेकै कारणले कोरोना भाइरसलाई जितेर आफूले दोस्रो जुनी पाएको खरेल बताउँछन् ।
खरेलले उपचारको क्रममा लामो समय भेन्टिलेटर र आईसीयुमा बिताउनु परेको थियो । दुई महिना उपचारको क्रममा अस्पतालमा रहेको अनुभव बताउँदै खरेल भन्छन् ‘आफूले दोस्रो जुनि पाएकोमा आफू धेरै नै खुसी छु, कोरोना भाइरसलाई ठिक पार्ने भनेको आत्मबल बढाउनु नै रहेको अनुभव भएको खरेल बताउँछन्, आफूलाई उपचारको क्रममा डाक्टर, नर्सदेखि लिएर अस्पतालका अन्य कर्मचारीहरुले राम्रो गरेकै कारण आफू बाँच्न सफल भएको र यो अस्पताल आफ्नो लागी भगवान नै सावित बनेको डिस्चार्जको क्रममा उनले खोजतलासलाई बताए । अन्य अस्पतालमा उपचारका लागि गएको भए सायद म बाँच्ने नै थिइन जस्तो लागेको खरेल बताउँछन् ।
कोरोना भाइरसबाट संक्रमित खरेल आफ्नो अनुभव सुनाउँछन्, ‘कोरोना भाइरसलाई खेलाँची गर्ने भाइरस नभएको उनी बताउँछन्, जसलाई लाग्यो त्यसैलाई मात्र थाहा हुँदो रहेछ कोरोना भाइरस भनेको केहो भनेर । कोरोना भाइरसले शरीरमा भएको शक्ति सबैलाई निस्तेज पारी जिरो अवस्थामा ल्याउँदो रहेछ, कस्तो गाह्रो हुने रहेछ भन्ने कुरा कल्पना पनि गर्न सकिँदो रहेनछ, त्यसैले जसलाई कोरोना लाग्यो त्यसैलाई मात्र थाहा हुन्छ कोरोना भनेको के हो ?’
खरेल बताउँछन् ‘कोरोना भाइरसलाई खेलाँची नसम्झौं, यसबाट बच्न सामाजिक दुरी कायम गरौं, जथाभावी भिडभाडमा नजाऔं, स्वास्थ्य मापदण्ड कायम गरौं, आफूले पनि सक्दो स्वास्थ्य मापदण्ड कायम सजगता अप्नाउँदा अप्नाउँदै पनि कसरी कसरी आफू र आफ्नो परिवारलाई कोरोना भाइरस स¥यो ।’
डिस्चार्जको क्रममा आफूले दोस्रो जुनी पाई घरमा जान पाएकोमा आफू साह्रै नै खुसी लागेको बताउने खरेल उपचारको क्रममा अस्पतालमा जति बसियो त्यति समय आफ्नै घरमा बसेको जस्तो अनुभव समेत रहेको बताउँछन् ।
भेन्टिलेटरमा नौ दिनसम्म उपचार गराउँदाको अनुभव सुनाउँदै खरेल भन्छन् ‘म आफैले आफू मरेको देखेको थिएँ, म पृथ्वीमा नभई अर्को ग्रहमा पुगेको थिएँ, त्यहाँ १० हजार वर्षदेखि पृथ्वी असुद्ध रहेको यसलाई सुद्धिकरण गर्ने बारेमा छलफल भइरहेको थियो, पृथ्वीलाई सुद्धिकरण गर्न झण्डै १५ मिनेटको छलफल भएको दृश्य देखेको अनुभव आफूलाई भएको थियो । मलाई के सम्म थाहा छ भने आफूलाई घुमाई रहेको, नौ वटा ग्रहजस्तो १३ वटा समूह हेर्ने चाहिँ एक जना त्यो मान्छे पनि होइन टाउकोमा कपाल, हातमा कपाल, खुट्टामा कपाल, जुरो भएको म नजिकै बसेर ध्यान गरिरहेको, संस्कृत भाषामा वाचन गरिरहेको त्यस्तो कल्पना नै नगरेको अनुभव आफूलाई भएको खरेल सुनाउँछन् ।
आफ्नो उपचारको क्रममा डाक्टर कमलराज थापा, रोशन श्रेष्ठ, अशोक अधिकारीलगायतका टिमले धेरै नै मेहनत गर्नुभएको थियो । वास्तवमा भन्नुपर्दा आफूले सोचेको भन्दा पनि मेरो उपचारमा खटिएका टिमले राम्रो गर्नुभएको थियो । वास्तवमा मेरो लागि यो अस्पतालसम्म ल्याउन र मैले दोस्रो जीवन पाउनुमा दिनेश आचार्यको ठूलो भूमिका रहेको खरेलले खुलेरै बताएका थिए ।