सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

14k Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका छन्। 

उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भई सामना गर्ने बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे। अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका छन् । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए । 

 
सम्बन्धित समाचार