काठमाडौं । चाहे नेपाल प्रहरी होस्, चाहे सशस्त्र प्रहरीमा किन नहोस् बढुवा वा सरुवाको हल्ला हुने वित्तिकै बढुवा र सरुवाका प्रतिस्पर्धीहरुले आफूभन्दा सिनियर र आफ्नै ब्याचकाहरुको बारेमा अनर्गल भ्रामक चरित्रै हत्या हुनेसम्मको समाचारहरु प्रकाशित गर्ने गरेको पछिल्लो समय विभिन्न संचारमाध्यममा प्रकाशित समाचारले पुष्ट्याई गरेको छ ।
संगठनमा अहोरात्र खटी संगठनले दिएको जिम्मेवार वहन गर्दै देश र संगठनको हितमा कार्य गर्दै इमान्दार छवि बनाएका प्रहरीका उच्च अधिकारीहरुलाई बढुवा वा सरुवाको मुखमा संगठनको भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लाग्नेहरुले बढुवाका प्रतिस्पर्धीको बद्नाम गराई आफू बढुवा हुन समाचार प्रकाशित गरेको घटना सार्वजनिक भएको छ ।
पछिल्लो समय सशस्त्र प्रहरीमा दुई जना डीआईजी रिक्त रहेकोले सो रिक्त रहेको डीआईजीमा बढुवा हुनको लागि आफ्ना प्रतिस्पर्धीलाई माइनस गरी आफू बढुवा हुने सोचका साथ संगठनकै विवादित छवि भएकाहरुले आफू बढुवा भइन्छ कि भन्ने सोचका साथ विभिन्न संचारमाध्यममा समाचारहरु प्रकाशित गराइरहेका छन् ।
यस्ता अनर्गल समाचारका विषयलाई लिएर नजिकबाट निहालिरहेका संगठनलाई कसरी चयायमान र सुदृढ गर्न सकिन्छ र कस्ता व्यक्तिलाई बढुवा सिफारिस गर्दा संगठन मजबुत र सुधारका काम गर्न सक्छ भन्ने राम्रो अनुभव र ज्ञान भएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले त्यस्ता व्यक्तिलाई बढुवाको सिफारिस गरी सशस्त्र प्रहरी संगठनमा आफूले बनाएको साखलाई गिर्न नदिने कार्य गर्नेमा इमान्दार छवि बनाएका प्रहरी अधिकारीहरुको ठम्याई रहेको छ ।
आफ्नो व्यक्तिगत भन्दा पनि संगठनले दिएको जिम्मेवारी इमान्ददारिकतासाथ बहन गर्दै आफ्नो कार्य क्षमतामा अब्बल बन्दै सशस्त्र प्रहरीमै बेग्लै इतिहास बोक्न सफल महानिरीक्षक अर्यालको कार्यले सही अभिभावकत्व पाएको भन्दै सशस्त्र प्रहरीका इमान्दार अधिकारीहरुले बताउने गरेका छन् ।
सीमा सुरक्षामा विगतमा यदाकदा हुने गरेका अनियमितताहरुलाई नियन्त्रण गर्न सफल रहनु उहाँको काबिलियतताको प्रमाणको रुपमा लिन सकिन्छ । व्यवहारत हेर्ने हो भने शक्ति र पैसाको जोहो गर्न कहिले पछि नलाग्ने छवि बनाएका महानिरीक्षक अर्याल अबका दिनमा पनि सोही अनुशासनलाई निरन्तरता दिन हरदम प्रयासरत देखिन्छन् । महानिरीक्षक अर्यालले रिक्त दुई डीआईजी बढुवामा स्वच्छ छवि, योग्य, सिनियर र क्षमतावानलाई नै सिफारिस गर्नेमा ढुक्क रहेको सशस्त्र प्रहरीका उच्च अधिकारीहरुले बताएका छन् ।
रिक्त दुई डीआईजी बढुवाका लागि कृष्ण ढकाल, मनिष थापा, दिपेन्द्र कुवर, विष्णु भट्ट र दिग विजय सुवेदी प्रतिस्पर्धामा रहेका छन् ।