18.2k
Shares
ललितपुर । ललितपुर पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा अत्याधुनिक उपकरणद्वारा आँखा उपचार सेवा विस्तार गरिएको छ ।

आँखाको उपचारमा गुणस्तरीय सेवा दिने उद्देश्यले सुमेरु सिटी अस्पतालमा अत्याधुनिक उपकरण र अनुभवी डाक्टरहरुद्वारा सेवा विस्तार गरिएको डाइरेक्टर सुनिल डंगोलले जानकारी गराएका छन् ।

अत्याधुनिक उपकरण र अनुभवी डाक्टरहरुद्वारा आँखासम्बन्धी समस्याबाट पीडित विरामीहरुलाई उपचार गराउने उद्देश्यले आँखा रोगका देशकै ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा विशेष सेवा विस्तार आजैबाट गरिएको सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले जानकारी गराउनुभएको छ ।