२,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

16.8k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जना कोभिड संक्रमित थपिएका छन् ।  १२ हजार ६१६ ओटा नमुनाको परीक्षण गर्दा २ हजार ८३८  जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेकोे छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार