ट्रम्प र कमलाबीच ‘प्रेसिडेन्सियल डिबेट’ जारी, कमलाले भनिन् - 'म बाइडेन होइन, तपाईं म सँग चुनाव लड्दै हुनुहुन्छ'

13.7k Shares

काठमाडौं(अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरु उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो प्रेसिडेन्सियल डिबेट भइरहेको छ । 

उनीहरुबीच फिलाडेल्फियाको नेसनल कन्सटिटेयूशन सेन्टरमा बहस भइरहेको हो ।  दुवै जनाबीचको बहस एबीसी च्यानलमा प्रसारण भइरहेको छ भने बहसको मध्यस्थता एबीसी न्युजमा समाचार कार्यक्रम प्रस्तोता डेभिड मुइर र लिन्से डेभिसले गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति चुनाव र नतिजाका लागि निकै महत्वपूर्ण मानिने उम्मेदवारबीचको यो बहस करिब ९० मिनेट लामो चल्ने छ । बहसका क्रममा संचालकहरुले ह्यारिस र ट्रम्पलाई घरेलु नीति, कर कटौती र परराष्ट्र मामिला लगायतका विषयमा बारे प्रश्न गर्नेछन्।

अमेरिकी मतदाताले उम्मेदवारहरुको उत्तरभन्दा पनि उनीहरुको प्रस्तुतिलाई धेरै महत्व दिने अन्तराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । नयाँ राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी चुनावको संघारमा भएको बहसको विषयले अमेरिकामात्र होइन, विश्वकै ध्यान तानेको छ ।

रिपब्लिकन उम्मेदवार ट्रम्पका लागि यो दोस्रो बहस हो भने वर्तमान राष्ट्रपति जो बाइडनले चुनावी रेस छोडेपछि डेमोक्रेटिक उम्मेदवार बनेकी ह्यारिसका लागि भने यो पहिलो बहस हो । बहसका लागि ह्यारिसले केहि चरणको अभ्यास समेत गरेको बुझिएको छ। हालसम्म गरिएका सर्वेक्षण अनुसार दुवै उम्मेदवारबीच निकै कडा प्रतिष्पर्धा रहेको छ ।

सम्बन्धित समाचार