सीजीद्वारा दशैं तिहार योजना सार्वजनिक

16.7k Shares

काठमाडौं–सीजी ब्रान्डले दशैं तथा तिहार योजना सार्वजनिक गरेको छ ।

‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ योजना अन्तर्गत सीजीका सामानको खरिदमा ग्राहकले आकर्षक क्यासब्याक र उपहारहरू प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत सीजी तथा सीजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सकिने जनाइएको छ ।

चाडपर्व अफरमा ग्राहकहरूले सीजी टीभी ३२ देखि ५५ इन्चसम्म खरिद गर्दा क्यासब्याक प्राप्त गर्न सकिनेछ भने सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिनेछ । 

त्यसैगरी, सीजीले आफ्ना ग्राहकहरूलाई सीजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्नेछ । यो योजना भदौ २३, २०८१ बाट नेपालभर सीमित अवधिका लागि देशभर लागू हुने जनाइएको छ । 

सम्बन्धित समाचार