17.2k
Shares
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेरबहादुर देउवालाई बधाई दिएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले देउवालाई बधाई दिँदै कार्यसफलताको कामना गरेका छन् ।
देउवाले संसवाट विश्वासको मत पाएपछि मोदीले बधाई दिएका हुन् । मोदीले देउवाको पालामा दुई देशका नागरिकबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । उनले सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको पनि उल्लेख गरेका छन् ।
देउवाले आइतबार नै संसद्बवाट १६५ मतसहित विश्वासकाे मत पाएका हुन् ।