बामदेव र नारायणकाजी दुवै उपप्रधानमन्त्री बन्ने !

54.1k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले दुईजनाको भाग्योदय हुने भएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरिरहँदा बामदेवलाई राष्ट्रियसभामा मनोनित सदस्य बनाएर उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गरिसकेका छन् । गौतमलाई आफूपछि वरियतामा पहिलो स्थानमा राखेर ओलीले सरकारमा लान लागेका हुन् । उनले गृह या अर्थमध्ये एक मन्त्रालय पाउनेछन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटाबाट नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव भएको छ । उनी पनि गोरखाबाट चुनाव हारेका हुन् । पछि राष्ट्रियसभाको चुनाव लडेर जितेका थिए । श्रेष्ठले पनि महत्वपूर्ण मन्त्रालय पाउने छन् । उनलाई वरियतामा प्रधानमन्त्रीपछिको स्थानमा दिनुपर्ने विषय पनि उठेको छ ।
कुनै अप्रत्याशित घटना विकास नभए बामदेव र नारायणकाजीले आउँदो हप्ता नै मन्त्रीको सपथ लिनेछन् । 

सम्बन्धित समाचार