ठेचोमा महिला दिदी बहिनीले गरे साइकल र्याली

21k Shares

ललितपुर ।  ‘महिलाको लागि महिला अभियान’ मूल नारा सहित आज गोदावरी नगरपालिका वडा नं. १२ ठेचो सरस्वती स्कूलबाट महिला दिदी बहिनीहरुले साइकल ¥याली गरेका छन् । 

g6.jpg
गोदावरी नगरपालिकाको सहयोगमा महिलाहरुलाई गत वर्ष साइकल चलाउने तालिम दिइएको थियो । सोही उपलक्ष्यमा साइकल तालिम लिई चलाउन सक्षम महिला दिदी बहिनीहरुले आज शनिबार प्रथम बार्षिकोत्सव २०८१ को उपलक्ष्यमा साइकल ¥याली निकालेका हुन् । ¥यालीमा सयौं महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो । सो साइकल ¥याली सरस्वती स्कुलबाट सुरु भई नगरपालिका विभिन्न स्थान परिक्रमा गरी सरस्वती स्कुल प्रांगणमै आई समापन गरिने छ ।

g.jpg
साइकल ¥यालीको उद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरेका थिए भने साइकल ¥यालीका लागि महत्वपूर्ण भूमिका निर्वाह वरिष्ठ अधिवक्त प्रकाश महर्जनले गरेका थिए । 

g.jpg

g1.jpg

सम्बन्धित समाचार