छपकैया नाकाबाट तस्करी बढ्दै

14.4k Shares

वीरगञ्ज । बीरगन्जको छपकैया नाकाबाट  तस्करी बढ्दै गएको छ । प्रहरीको सहयोग मै तस्कर समुहले वीरगञ्जको छपकैया नाकाबाट रातभरी लाईन नै लगाएर तस्करी गरिरहेको छन । प्रहरी चौकी छपकैयाको ३ सय मिटर दक्षिण तर्फ रहेको लचका चौकबाट दर्जनौ व्यक्ती महिला तथा पुरुषहरुको समुहले मानव सांग्लो जस्तै लाईन लागेर विभिन्न माल समानहरुको अवैध चोरी पैठारी गरेर छपकैया गाँउ तर्फ गइरहेको देखिन्छ । आर्थिक अवस्था कमजोर बन्दै जाँदा दिनदिनै मूल्यबृद्धि भइरहेका बेला छिमेकी मुलुक भारतबाट हुँदै आएको तस्करी झन मौलाएको छ । सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका प्रहरीकै मिलोमतोमा छपकैया नाकाबाट करोडौंको तस्करी भइरहेको हो । 
तस्करहरुले भारतको रक्सौलबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, किराना सामान, कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस र माछालगायतका समानहरु पिकअप भ्यान, इ–रिक्सा, टेम्पु, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर दैनिक नेपाल भित्रयाईरहेका छन् । छपकैया नाकाबाट कपडा तस्करी गर्न लाइन पाउनेहरुमा व्यापारीहरु हरेन्द्र पटेल र बबन छन्। त्यस्तै पशुपति यादवले काजु किसमिस जस्ता समानको तस्करी गर्न पाएका छन भने बैजु साह, मञ्जु पटेलले हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टसको तस्करी गरिरहेका छन् ।
छपकैया स्थित प्रहरी चौकीको प्रमुखमा सई ज्योतिप्रकाश कार्की छन् । त्यस्तै गरि सशस्त्र प्रहरी बलको स्थानीय बिओपी प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवाल रहेका छन् । प्रहरीका सई कार्कीले सहायक हवल्दार अनिरूद्व यादवलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । व्यापारीदेखि तस्कर सम्मलाई भेटघाट गर्ने देखि तस्करीको लाइन र सेटिङ मिलाउने काम यिनै घुमुवा यादवले गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन् । सशस्त्र प्रहरीको तर्फबाट भने कोर्टमाष्टर मार्फत मिलाउने गरेको पनि व्यवसायीहरूको भनाई रहेको छ । अहिले यो नाकाबाट बढी मात्रामा गम्भीरा साह र पशुपतिले काजु र छोक्डाको अनि बिबेक गुप्ता र जितु साहले किराना र डाबा साह, ललन साह र माष्टर भन्नेले रेडिमेट कपडाको ठूलो तस्करी लाइन चलाएका छन् । 
छपकैया सिरिसिया छोटी भन्सार नाकामा भारतिय एसएसबीले छपकैया आउने मेन बाटोमा सीसीक्यामरा जडान गरे पनि तस्करहरुले पन्टोकाको पूर्व साइडको गोरेटो बाटो प्रयोग गर्दै भरिया लगाएर कपडाको पोका नदी पार गराइ छपकैया नयाँ बस्ती किनारमै इ–रिक्सा, टेम्पु र मोटरसाइकलमा लोड गरि बिरगञ्जको पसलहरुमा र ट्रान्सपोरटमा पुर्याउँदै आएका छन् । सिरिसिया शिक्षा अफिस बिओपीबाट छपकैया नाकामा रहेको पोस्टमा खटिने सशस्त्र प्रहरीको छेउबाट नै हरेन्द्र पटेल र बबन लगायतका समूहले भरिया लगाएर कपडा पार गराउछन् । तस्करीको लाइन पाउने अन्य व्यापारीहरुमा अशोक वर्णवाल, ललन पटेल, मदन बंगाली, मदन केवट, मनोज गुप्ता, तबारक मिया, कुबेर जटाधारी, बवन ठाकुरलगायत रहेका छन् । सीमानाकाबाट सशस्त्र प्रहरीले सेटिङमा पास गराएको कपडा र हाडवेयर लगायतका सरसमानहरु बिरगञ्जको विभिन्न स्थानमा जम्मा गरि थोरै माल समानको राजस्व तिरी गोदाममा ल्याएर तस्करीका सरसमान मिसावट गरि बिल बिजक भन्दा दोब्बर सरसमान हालेर नेपालको विभिन्न शहरमा पठाउने गर्छन् ।

सम्बन्धित समाचार