माधव र झलनाथले भने - 'माओवादीसँग तत्काल एकता सम्भव छैन'

18.4k Shares

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले तत्कालै नेकपा माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय समिति पूर्ण बैठकलाई सम्बोधनका क्रममा समाजवादीका दुवै शीर्ष नेताले तत्काललाई माओवादीसँगको एकता सम्भावना नकारेका हुन् ।

बैठकलाई सम्बोधनका क्रममा सम्मानित नेता खनालले अरुको उट्पट्याङमा लागेर पार्टी एकता गर्न नहुने बताए । खनालले एकीकृत समाजवादीलाई अरुको उट्पट्याङमा लाग्नुपर्ने जरुरी नरहेको पनि बताए । उनले त्यसोभन्दा अध्यक्ष नेपाल मञ्चमा गम्भीर मुद्रामा देखिन्थे ।

सम्मानित नेता खनालले माओवादी सत्तामा रहँदा एकीकृत समाजवादीसँग कुनै छलफल नगरेको बताए । खनालले सत्ताबाट बाहिरिएको माओावादीले अहिले बैठक गरौँ भनेर हैरान पारिरहेको बताए । उनले मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेला–बेला एकता गरौं भनेर सताइरहेको पनि बताए ।

‘सत्ताबाट ओर्लिएपछि हामीसँग मिटिङ गरौँ कि गरौँ, अझ एकता गरौँ भनिरहेका छन् । हामीले सबै कुरा बुझौँ, कसको हुट्हुटी के हुन् ? को, किन तिल्मिलाइरहेको छ ? को किन घमण्डका घैँटा बोकेर हिँडिरहेको छ ?’ खनालले भने , ‘यी चिजहरूलाई गहिरो गरी बुझ्नुपर्छ । हाम्रो पार्टी आफ्नै ढंगले स्वतन्त्र विचार, नीति, सिद्धान्त, कार्यक्रम र लक्ष्य बोकेर हिँडेको छ । हामीले अरुको उट्पट्याङमा लाग्नुपर्ने जरुरी छैन ।’

खनालले त्यसो भनेपछि मञ्चमा उक्लिएका अध्यक्ष नेपालले पनि अहिलेलाई माओवादीसँग एकताको सम्भावना नरहेको बताए ।

सम्बन्धित समाचार