14k
Shares
काठमाडौँ । माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले अदालतमा परेको मुद्दाको छिनोफानोका लागि समय तोक्ने गरी कानुन निर्माण गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा विविध शीर्षक अन्तर्गतको समयमा बोल्दै सांसद घर्तीले अदालतमा परेका मुद्दाको छिनोफानो गर्ने समय तोक्ने कानुन हुनुपर्ने बताए ।