रामेछाप पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, एकजना घाइते

15.4k Shares

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् । 

शनिबार राति वर्षापछि आएको पहिरोले चार घरमा क्षति गरेको छ । तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंशिक क्षति पुगेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । 

सम्बन्धित समाचार