काठमाडौं । साउदी अरेबियाले ७० हजारभन्दा बढी रोजगारीका अवसरसहित ‘जदरात’ रोजगारी प्लेटफर्म सुरु गरेको छ । साउदी सरकारले जागिर खोज्ने प्रक्रियालाई सरल बनाउन र रोजगार खोज्नेहरूलाई रोजगारदाताहरूसँग जोड्न डिजाइन गरिएको नयाँ राष्ट्रिय जागिर प्लेटफर्म ‘जदरात’ सञ्चालनमा ल्याएको हो ।
यस प्लेटफर्मको उद्देश्य नागरिकहरूलाई रोजगारी खोज्न र रोजगारदाताहरूलाई कुशल डिजिटल प्रणालीमार्फत स्थानीय प्रतिभाहरूमाझ पहुँच बनाउनु रहेको जनाइएको छ ।
सो प्लेटफर्मको साउदीका मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद अल–राझी, पर्यटनमन्त्री अहमद अल–खातिब र हदफका महानिर्देशक तुर्की अल–जाविनीले रियादमा आधिकारिक रूपमा शुभारम्भ गरे ।
प्लेटफर्मले आवेदन प्रक्रियालाई सुव्यवस्थित गर्दै उपलब्ध स्थानहरूसँग छिटो जागिर खोज्नेहरूलाई मिलाउन डिजिटल प्रणाली प्रयोग गर्ने बताइएको छ । मानव संसाधन र सामाजिक विकासमन्त्री अल–राझीले स्थानीय प्रतिभाको विकास र कार्यशक्तिको दक्षता सुधारमा सरकारले ध्यान केन्द्रित गरेकामा जोड दिए । आजको राजधानी दैनिकबाट