संगीत उद्योग संघका अध्यक्षमाथि प्रहरीको अनुसन्धान

12k Shares

काठमाडौँ । सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य मगरमाथि प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको छ । फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा उनीमाथि अनुसन्धान भइरहेको ब्युरोका एसएसपी ओम रानाले बताए । प्रहरीले उनलाई बुधवार सोधपुछपछि तारेखमा रिहा गरेको छ । रानाले भने, ‘उहाँ तारेखमा हुनुहुन्छ ।’

मगरले कलाकार र पत्रकार बनाएर ‘अस्ट्रेलिया लान सक्छौँ’ र त्यसका लागि २२ लाख लाग्छ भनेको अडियो प्रहरीले फेला पारेको छ । प्रहरीले बुधवार अनामनगरस्थित सङ्घको कार्यालयबाट कागजात र कम्प्युटर बरामद गरेको छ । अडियोमा उनले बोलेका कुरा र कागजातको विवरण छानबिन भइरहेको एसएसपी रानाले जानकारी दिए ।

 
सम्बन्धित समाचार