दुर्घटनामा परी सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

16.2k Shares

सिमकोट । सवारी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधन भएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतकै भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ ।

उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए ।

सम्बन्धित समाचार