जरिबानाकेन्द्रित ट्राफिक प्रहरी

12.8k Shares

काठमाडौँ । नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ । 

काठमाडौँ उपत्यकाभित्रै ट्राफिक प्रहरीकैअगाडि भएको सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका घटनाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर प्रश्न उठाएको हो । भक्तपुरको गट्ठाघर चोकमै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएपछि सडक सुरक्षाका सन्दर्भमा राज्यका संयन्त्रबाट भइरहेका कामप्रति नागरिक पङ्क्तिबाट औँला उठेको छ ।

उक्त दुर्घटनामा ओखलढुङ्गा स्थायी घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१०, कपन बस्ने ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको छ । लेखक एवं पत्रकार पुरुषोत्तम दाहालका अनुसार मृतक कोइराला २०३१ मा नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षमा ओखलढुङ्गा र सोलुखम्बुको सीमास्थित टिम्बुरबोटे काण्डमा राम, लक्ष्मणसँगै सहादत प्राप्त सहिद महेश कोइरालाका भाइ हुनुहुन्छ । उहाँले नेपाल विद्यार्थी सङ्घ र ट्रेड युनियनमा पनि काम गर्नुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार