अख्तियारको साख गिर्दो, मेयर गजेन्द्र महर्जनसहित चौध जनाले पाए सफाई

32.3k Shares

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो समय साख गिर्नुका साथै विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । आज बुधबार विशेष अदालतले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई सफाई दिएपछि अख्तियारको साख र विश्वसनियतामाथि जनमानसमा प्रश्न उठेको हो ।
मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी सहित १४ जनालाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले ढुंगा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितहरुलाई आज बुधबार सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जेठमा ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टारमुद्दा दायर गरेको थियो ।
अख्तियारले ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक र ७ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलाएको थियो । अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । अख्तियारले पाँच वर्षयता निरन्तर भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले पाँचवटै मुद्दामा आरोपितहरुले सफाइ पाउने फैसला गरेको हो ।्

सम्बन्धित समाचार