10.6k
Shares
काठमाडौं, २१ जेठ । धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ खतबैया बस्ने महेश साह सुडीको घरमा रहेको हार्डवेयर पसलमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, इनरूवा नगरपालिका-५ थारूटोल बस्ने दयाराम चौधरीको घरमा गए राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।