काठमाडौं । अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू)ले चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङल्हामु शेर्पाको नामबाट नामकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यस कुराको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामकरण कार्यसमूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको हो ।
सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘यूएस जिओलोजिकल सर्भे (यूएसजीएस)ले ‘ल्हामु क्रेटर’ नामकरण गरेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।