काठमाडौं । दक्षिण कोरियामा आयोजित डब्लुटी एशिया अनलाइन २०२१ वल्र्ड तेक्वान्दो पुम्से चयाम्पियनसिपमा नेपालको तर्फबाट नोर्बु लामा र मिन न्यौपाने निर्णायकमा छनौट भएको छन् ।
आगामी जुलाई ११ देखि १६ सम्म दक्षिण कोरियामा एशियन तेक्वान्दोद्वारा आयोजित डब्लुटी एशिया अनलाईन २०२१ वल्र्ड पुम्से च्याम्पियनसिपमा लामा र न्यौपाने निर्णायकमा छनौट भएका हुन् ।
डब्लुटी एशिया अनलाइन २०२० वल्र्ड तेक्वान्दो पुम्से चयाम्पियनसिपमा पनि नर्बु लामाले निर्णायकको भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए ।
नर्बु लामा डब्लुटी वल्र्ड तेक्वान्दोमा दोस्रो श्रेणीका निर्णायक हुन् भने मिन न्यौपाने तेस्रो श्रेणीको निर्णायक हुन् । यसभन्दा अगाडि पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा लामा र न्यौपानेले धेरैपटक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।