15k
Shares
काठमाडौं । नेपाल तेक्वान्दो संघको सातै प्रदेशका विभिन्न जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ । नयाँ उत्साह र, योजनासहित जिल्ला नेतृत्वमा आएका सम्पूर्ण जिल्ला अध्यक्षलगायत कार्य समितिहरुलाई नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी भरत महर्जनले बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना व्यक्त गर्ने क्रममा उपाध्यक्ष महर्जनले भन्नुभयो, ‘तेक्वान्दो खेलले विगतमा गरेको सफलता र उपलब्धी गौरवपूर्ण रहेको छ । आगामी दिनमा पनि त्यो भन्दा उच्च सफलता हासिल गर्न सबै जिल्लाका अध्यक्ष लगायत पदाधिकारीहरुको अहम भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’