बाढी-पहिरोमा परी १४३ जनाको ज्यान गयो, ४७ जना बेपत्ता

13.7k Shares

काठमाडौँ- बाढी तथा पहिरो जस्ता प्राकृतिक विपद्‌मा परी गत जेठ २८ गतेदेखि सोमबारसम्म १४३ जनाको मृत्यु भएको छ। मनसुनपछिको प्राकृतिक विपद्‌बाट ४७ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरो लगायत विपद्‌मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

अहिलेसम्म काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ६१ जना घाइते भएका छन्। 

काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा ७१ जनाको उद्धार गरिएको छ। 

बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जनागरी ४७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार