गेष्ट हाउसमा अचेत भेटेकी ललितपुर डुकुछापकी युवतीको मृत्यु

15.1k Shares

काठमाडौँ । ललितपुर महानगरपालिका–७ ग्वार्को स्थित गेस्ट हाउसमा अचेत भेटिएकी ललितपुर डुकुछापकी युवतीको मृत्यु भएको छ । 
ललितपुर ग्वाकोस्थित सनलाइट गेस्ट हाउसमा अचेत अवस्थामा भेटिएकी ती युवतीलाई बि एण्ड बि अस्पताल लगिएको थियो । उपचारको क्रममा ती युवतीको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जानकारी गराएको छ ।
डुकुछाप घर भएकी ती युवती सातदोबाटो बस्ने २६ वर्षीय सन्दीप विकसँग गएराति गेस्ट हाउसमा बसेकी थिइन् । बिहानीपख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले बि एण्ड बी अस्पतालमा लगेका थिए । उपचारको क्रममा शुक्रवार बिहान ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  युवकले पनि आफूलाई सास फेर्न कठिन भएको बताएपछि प्रहरीको निगरानीमा उनको उपचार भइरहेको बुझिएको छ ।

सम्बन्धित समाचार