३ जना मृत अवस्थामा फेला

23.9k Shares

काठमाडौं । बितेका २४ घण्टामा विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित सिमपानी बस्ने ३५ वर्षीया सानुमाया लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका१५ पहरुवा बस्ने १५ वर्षीया धारा रैदाश सोही ठाउँस्थित खाली टहरामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा पनि अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार