काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि घट्नास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक निरीक्षणपछि फर्किएका छन् । बुधबार सौर्य एयरलाइन्सको विमान पोखरा जान त्रिभुवन विमानस्थलबाट उड्ने क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली र गृहमन्त्री दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए । दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एक जना विमान चालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।