सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

15k Shares

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले निष्कासन गरेको एफपीओमा आजदेखि आवेदन दिन सकिनेछ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ निष्कासन गर्दै छ । कम्पनीले निष्कासन गर्न लागेको एफपीओमा आज १० बजेपछि मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा हुनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।

साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जरपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको रूपमा सञ्चालनमा छ । कम्पनीको एफपीओ खरिदका लागि साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन १८ गतेसम्म बिक्री लम्बिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडसँगै सीआस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट एफपीओ खरिदका लागि आवेदन दिन सकिनेछ । मेरो सेयर सेवा लिएकाहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्छनेछन् ।

कम्पनीले एफपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

सम्बन्धित समाचार