काठमाडौँ । गत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०-८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर बिदेसिएका हुुन् ।
आव २०७९-८० मा सात लाख ७१ हजार ३२८ वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा आव २०८०-८१ मा केही कमी आएको छ । आव २०७९-८० कोभन्दा आव २०८०(८१ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७३१ हजारले कमी हो ।
वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
यस्तै वैशाख महिना ७० हजार ७३७ जना, चैत महिना ७० हजार ९३३ जना, फागुुन महिना ६५ हजार ७५८ जना श्रम स्वीकृति लिएर बिदेसिएका छन् । त्यसै गरी माघ महिनामा ६२ हजार १४३ जना, पुस महिनामा ६५ हजार ८१३ जना, मङ्सिर महिनामा ६८ हजार २०१ जना, असोज ५७ हजार २३५ जना, भदौ महिनामा ५० हजार ८८४ जना र साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको ३० वर्षमा चालु पछिल्लो तीन आवमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै देश छोडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १५ हजार नेपाली युवा रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रम स्वीकृति लिनेमा ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हुुने गरेको छ ।
वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा आव २०७९-८० मा सबैभन्दा बढी सात लाख ७१ हजार ३२८ युवाले विदेश जान श्रमस्वीकृति लिएका थिए ।
वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुुरु गरेको हो । आव २०७८-७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या छ लाख ३० हजार ९० जना रहेका छन् ।
विभागका निर्देशक गुुरुदत्त सुुवेदीले स्वदेशमा रोजगारीको अवसर नपाएरपछि पछिल्लो समयमा ठुलो सङ्ख्या बाध्यात्मक वैदेशिक रोजगारी जानुुपर्ने अवस्था रहेको बताउनुुभयो ।
स्वदेशमा पर्याप्त आन्तरिक रोजगारीका अवसर नहुँदासम्म बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानेक्रम नरोकिने पछिल्ला तीन वर्षमा श्रम स्वीकृति लिएर गएको तथ्याङ्कले पनि पुुष्टि गरेको उहाँको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट