लालपुर्जा नपाउन्जेल सुकुम्वासीलाई मासिक १५ हजार रुपैयाँ घरभाडा दिने सरकारको तयारी

1.1k Shares

काठमाण्डाै – सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घरभाडा दिने कामका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ ।

अहिले काठमाण्डाैका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको छ । प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्र्याक’ बाट लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य छ ।

सम्बन्धित समाचार