६० केजी सुन तस्करी प्रकरण : १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

18k Shares

काठमडाौं – काठमाडौं जिल्ला अदालतले ६० किलोग्राम सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेकाहरूमध्ये ३ जनालाई धरौटीमा छाड्न र १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बधुबार जिल्ला अदालतका न्यायाधीश कपिलमणी गौतमको इजलासले राजु थापा भन्ने प्रेमनाथ सेढाईंलाई ५७ लाख, थर्कमान लामा भन्ने कान्छा लामालाई ९६ लाख र रूपन भण्डारीलाई ९६ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जना पक्राउ परेका थिए ।

दोस्रो चरणको अनुसन्धानका सिआइबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रुपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरेका थियो ।

सम्बन्धित समाचार