सर्लाहीको सिमानाको सुरक्षामा रहेका बोर्डर आउट पोष्ट(बिओपी) लाई प्रयोग गरेर १० हे क्वा गण कविलासी सर्लाहीका शसस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठले कमाउ धन्दालाई प्राथमिकता दिएका छन् । देशको सिमामा खटेका सुरक्षाकर्मीहरु नै कमाउ धन्दामा लागेपछि सिमा सुरक्षा झन तहन नहस भएको छ । ५१ किलोमिटर खुल्ला सिमाना रहेको सर्लाहीमा ११ वटा बिओपी हरेका छन् । त्यसमध्य अधिकांश बिओपीका प्रमुखहरुलाई प्रयोग गरेर शसस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले असुली धन्दा चलाएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको दोस्रो लहर तिब्रगतीमा चलेको भन्दै नेपाल सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा पनि शसस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले आफ्नो असुली धन्दालाई निरन्तरता दिएका हुन् । जिल्लामा रहेका ११ वटा बिओपी मध्य ९ वटा बिओपीहरुमा शसस्त्र प्रहरी निरिक्षक प्रमुख रहेका छन् भने २ वटा बिओपीमा सई प्रमुख रहेका छन् । शसस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगरका प्रमुख शसस्त्र प्रहरी निरिक्षकसंजित सिंहलाई साथमा लिएर दादागिरी शैेलिमा सिमानाबाट भन्सार छलीका सामानहरुबाट कमिसन उठाउने गरेका छन् । उनले भन्सार छलीका सामान ओसार पसार गर्नेहरुसंग कमिसन, उनिहरुलाई लाईन मिलाई दिने लगायतका कामबाट मासिक रुपमा कमिसन लिने र तस्कारहरुका कामलाई सहज पारी दिने गरेका छन् । जिल्लाको पुर्वि नाका संग्रामपुर देखि पश्चीमी नाका छतौनासम्मका भारतिय बजारहरुबाट नेपाली बजारमा आउने भन्सार छलीका सामानहरुबाट मासिक रु १ लाख देखि करिब ३ लाख समम कमिसन लिने गरेका पाईएको छ । उनले भन्सार छलीका सामानहरुबाट, भन्सार छलीका सामानहरु आसोर पसार गर्नेतस्करहरुलाई लाईन मिलाई दिन वापत गरी कमिसन असुलने गरेका छन् । नेपाल सरकारले जारी गरेको निषेधाज्ञा कडाईका साथ पालना गराउन र सिमाको सुरक्षामा सुरक्षाकर्मीहरुको महत्वपुर्ण योगदान रहने गरेको भएपनि सुरक्षाकर्मीहरु आफैँ भन्सारछलीका सामान ओसार पसारमा संग्लग्न हुँदा सिमा सुरक्षामाथी नै शंका उब्जीन थालेको छ । भने निषेधाज्ञाको समयमा सिमानामा हुने गैर कानुनी तथा अपराधिक गतिविधिहरु निरन्तर भईरहेका भएपनि सिमा सुरक्षामा खटेर सुरक्षाकर्मीहरु मौन देखिएका छन् ।