होन्डुरसका पूर्वराष्ट्रपतिलाई ४५ वर्षको जेल

18.1k Shares

न्युयोर्क। होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई लागुऔषध कारोबारको अभियोगमा अमेरिकी अदालतले ४५ वर्षको जेल सजाय र आठ मिलियन डलर जरिवानाको फैसला सुनाएको छ । बुधबार फैसला सुनाउनुअघि उनले आफू निर्दोष भएको जिकिर गर्दै आएका थिए ।

गएको मार्चमा न्युयोर्कस्थित अदालतको इजलासले हर्नान्डेजमाथि लागुऔषध बेचबिखनको अभियोग लगाएको थियो । म्यानहटन संघीय अदालतमा दुई साताको सुनुवाइपछि उनलाई उक्त अभियोगमा दोषी ठहर गरिएको थियो ।

उनले अभियोग अस्वीकार गर्दै आएका छन् । अमेरिकी कानुन मन्त्रालयले तीन अभियोग लगाएपछि उनलाई होन्डुरसबाट सन् २०२२ मा अमेरिका सुपुर्दगी गरिएको थियो । उनले सेना र प्रहरीको समेत प्रयोग गरेर आफू पदमा भएका बेला लागुऔषधको कारोबार गरेको जनाइएको छ ।

अभियोजकले ५५ वर्षीय हर्नान्डेजले उनको राष्ट्रपतिको कार्यकालमा होन्डुरसबाट ४०० टन कोकिन अमेरिका लगिएको जनाएका छन् । यसको बदलामा हर्नान्डेजले कैयौँ मिलियन डलर घुस लिएको अभियोग लगाइएको थियो ।  सीएनएनबाट

सम्बन्धित समाचार