प्रहरी प्रशासनभित्र भाँडभैलो, ५० दिन पुग्दा पनि बढुवा सिफारिसमा परेनन् दुई एसएसपी

16.4k Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आम नेपालीले प्रहरी प्रशासनमा सुधार आउने अपेक्षा गरेका थिए। तर, जब गृहमन्त्रीका रूपमा लामिछाने मन्त्रालयमा प्रवेश गर्नुभयो त्यसपछि शुरू भयो प्रहरी प्रशासनभित्र भाँडभैलो।

वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा पठाउने र प्रहरी महानिरीक्षकमा हालका एआईजी श्यामलाल ज्ञवालीलाई ल्याउने तयारी भएको थियो।

प्रहरी महानिरीक्षक कुँवरलाई हटाउने मामलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रहरी महानिरीक्षक हटाउँदा जनतामा नकारात्मक सन्देश जाने भएकाले त्यस्तो काम नगर्न गृहमन्त्रीलाई आग्रह गरेपछि उक्त प्रकरण रोकिएको थियो ।

एकपछि अर्को अलोकप्रिय निर्णय गर्दै आएका गृहमन्त्री लामिछानेले प्रहरी संगठनभित्र अस्वाभाविक चलखेल गरी सरुवा भएर जिल्ला पुगेका प्रहरी अधिकृतहरूलाई फिर्ता बोलाएर आफ्ना निकटलाई मात्रै पठाउने गरेको भन्दै प्रहरीभित्र नै असन्तुष्टिका स्वरहरू सुनिन थालेको बेला फेरि गृहमन्त्रीले अर्को अस्वाभाविक निर्णय गरेर विवादमा तानिनुभएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार