16.3k
Shares
काठमाडौं । सम्पादक समाज नेपालले आफ्नो साधारण सभा नुवाकोटको सूर्यचौरस्थित आफ्नै भवनमा गत असार ६ गते सम्पन्न गरेको छ ।
सो साधारण सभाले आगामी दुई वर्ष अर्थात् २०८३ जेठ मसान्तसम्मका लागि १३ सदस्यीय कार्य समिति चयन गरेको छ । पुरु रिसालको अध्यक्षतामा सम्पन्न सो साधारण सभाले सर्वसम्मतिबाट अध्यक्षमा पुरु रिसाल, उपाध्यक्षद्वय नारायण उपाध्याय र जुनारबाबु बस्नेत, महासचिवमा श्याम डोटेल, सचिव राजु बस्नेत, कोषाध्यक्षमा ठाकुर प्रसाद दुलाल (माधव)लाई सर्वसम्मतिरुपमा चयन गरिएको छ । त्यस्तै। कार्य कार्यसमिति सदस्यहरुमा रामचन्द्र तिवारी, माधव पौडेल, विष्णुप्रसाद नेपाल, राधा चालिसे, शरण उत्सुक सापकोटा, शुभेच्छा विन्दु र कबि थापा मगर चयन गरिएको छ ।