साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

19.4k Shares

काठमाडौँ । मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । 

चालु आवको आठ महिनामा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ । आगामी वैशाख दोस्रो सातादेखि हुने लगानी सम्मेलन तयारीसँगै मुलुकमा भित्रिने विदेशी लगानीको रकम प्रत्येक महिना बढ्दै गएको छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म पाँच अर्ब ६३ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा एक अर्ब १७ करोड विदेशी लगानी भित्रिएको थियो । यस्तै आठ महिनामा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई तीन अर्ब ८९ करोड कायम भएको छ । गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ५८ करोड कायम भएको थियो । 

नेपालमा विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिने गरेको छ । मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाइएको छ । उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीले नीतिगत सुधारले मुलुकमा वैदेशिक लगानी बढ्दै गएको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार