प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा

18.3k Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि गठबन्धन परिवर्तन गर्ने संकेत देखिएको छ । सत्तारूढ दलकै नेताहरूबाट सरकारको बचाउ नभएको र विभिन्न विषयमा अडान लिँदै समस्यामा पार्ने काम भएकाले पुरानै गठबन्धन बुँताउनसक्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्तारूढ दलकै नेताले सरकारलाई अप्ठ्यारो पार्ने गरेको गुनासो आफूनिकटका नेताहरूसँग गर्ने गरेका छन् । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबाटै अहिले संसद्मा बजेटमाथि चलिरहेको छलफलमा आलोचना खेपिरहेका प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट त्यति आलोचना नभएको उनको बुझाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै ‘यो बजेट अर्थमन्त्रीको हो कि अर्थमन्त्रीको पार्टीको ?’ भन्दै आफ्ना सांसदलाई खुलेर विरोध गर्न निर्देशन नै दिए । संसद्मा अर्थमन्त्रीले बजेट पेस गरेपछि एमालेको दुईपटक संसदीय दलको बैठक बस्यो, जसमा एमाले अध्यक्ष ओलीले बजेटको बचाउ गर्न निर्देशन दिनुको साटो आफैंले कडा रूपमा आलोचना गर्दै सांसदहरूलाई समेत विरोधमा उतारे । त्यसपछि एमालेका सांसदहरूले निरन्तर प्रतिपक्षी दलजस्तै आलोचना गरिरहेका छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार