समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा

16.3k Shares

२६ चैत, बेरुत । इजिप्टका विदेशमन्त्री लेबनानको राजधानी बेरुत आउनुभएको छ । 

लेबनानलाई समर्थन देखाउन उहाँ बुधबार बेरुत आउनुभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

इजिप्टका विदेशमन्त्री सामेह शौक्रीले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिको सन्देश लिएर लेबनानका राष्ट्रपति मिचेल औनलाई भेट्नुभएको जनाइएको छ ।  

इजिप्टको तर्फबाट जारी गरिएको वक्तव्यमा लेखिएको छ, “लेबनानप्रति ऐक्यबद्धता जनाउन इजिप्ट सरकारको तर्फबाट प्रतिनिधिका रुपमा उहाँ जानुभएको हो ।” 

बाब्डा प्यालेसमा औनसँग शौक्रीको भेटवार्ता भएपछि इजिप्टको तर्फबाट यस्तो वक्तव्य आएकोले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

लेबनानले भोगिरहेका विभिन्न समस्याहरु समाधान गर्न इजिप्टको तर्फबाट हुनसक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका बारेमा उहाँहरुका बीचमा छलफल भएको जनाइएको छ ।
 

सम्बन्धित समाचार